0 COMMENTS

पुस १०, काठमाडौँ । क्रान्तिकारी युवा संगठन, नेपालले आज १३१ औँ माओ जयन्तीको अवसरमा युवा मार्चपास प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वहरावर्गका एक महान नेता माओ त्से तुङको १३१ औँ जन्मदिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले काठमाडाैँमा युवा मार्चपास प्रदर्शन गरेको हो ।

दलाल सरकार मुर्दावाद । भ्रष्टचारी मुर्दावाद । देश बेच्न पाइँदैन । गणतन्त्र नेपाल जिन्दावाद । लालसेना जिन्दावाद । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिन्दावाद । क्रान्तिकारी युवा संगठन, नेपाल जिन्दावाद । वीर सहिद लालसलाम । जस्ता नाराहरू लगाइएका छन् ।

युवाहरूको मार्चपासपछि शान्तिवाटिकामा सभा गरिनेछ । उक्त सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एक नेताले बताए । साथै उनले अव केहीबेरमा कार्यक्रम सुरू हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।