0 COMMENTS

पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज १३१ औँ माओ जयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वहरावर्गका एक महान नेता माओ त्से तुङको १३१ औँ जन्मदिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य जारी गरेको छ । वक्तव्यमा माओले देखाएको बाटोमा सदैव अगाडि बढ्न आव्हान समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “मार्क्सवाद–लेनिनवाद–माओवाद अहिले पनि कम्युनिस्टहरुका लागि वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने र साम्यवादका लागि अगाडि बढ्ने अमोघ अस्त्र हो । यो अस्त्रबाट सर्वहारा वर्गलाई सुसज्जित गर्ने महान् दार्शनिक माओत्से तुङलाई १३१औ जन्म दिवसको अवसरमा हार्दिक स्मरण गराैँ, उहाँप्रति सम्मान व्यक्त गराैँ, माओले देखाएको बाटोमा सदैव अगाडि बढौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।