0 COMMENTS

पुस ९, काठमाडौँ । प्राकृतिक स्रोत साधन व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा प्रदेशसभा सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति राष्ट्रिय अपाङ्ग संघ (निडा) द्वारा आइतवार आयोजित उक्त अन्तरक्रिया कार्यक्रम पेन्सन वासना होटेल डिल्ली बजारमा भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा वागमति प्रदेशका सभामुख भुुवन पाठकले भन्नु भयो, ‘हाम्रो सभ्यता, संस्कृति र परम्परामा वाह्रय अतिक्रमण बढ्दो छ । नेपालको मूूल्यवान विशेषताको जगेर्ना गर्नुु, प्राकृतिक स्रोत, साधनको संरक्षण गर्नु र भविश्यका पुस्ताका लागि बहुुउपयोगी सम्पदा हस्तान्तरण गर्न हामी सचेत बन्नै पर्छ ।’ 

उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न स्रोत व्याक्ति तथा आदिवासी प्रतिनिधिहरुले प्रकृतिक स्रोत, सम्पदा र संस्कृतिमाथि चर्चा गरे । कार्यक्रममा वागमति प्रदेशका सांसद छिरिङ दोर्जे लामा लगायतले प्रस्तुत विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्राकृतिक स्रोत व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षण विषयमा अधिवक्ता शंकर लिम्बूू र दिलप्रसाद मगरले आ – आफ्ना अध्ययन प्रतिवेदन भिजुुयलसहित प्रस्तुत गरेका थिए । वागमाति प्रदेशका ग्रामिण र बागमति गाउँपालिकामा स्थलगत अध्ययन गरिएको थियो । त्यसैगरी कास्की र म्याग्दीका दुुई गाउँको सचित्र वर्णन गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा निडाका अध्यक्ष खडग सारु मगरले स्वागत र धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।