0 COMMENTS

पुस ८, काठमाडाैँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ । संसद्‌मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो । चौतर्फी चासोको विषय रहेको उक्त विधेयकमाथि समितिले सरोकारवालासँग समेत छलफल गर्ने भएको हो ।

आज पहिलो दिनको छलफलको क्रममा विधेयकबारे सरोकारवाला विद्यालय, शिक्षक, शिक्षक संघ संस्था तथा सरोकारवाला निकायलाई समेत बोलाएर धारणाा लिने भएको हो । समिति सभापति भानुभक्त जोशीले समिति सदस्यहरूसँग छलफल गर्दै शिक्षाविद्हरूलाई समेत बोलाएर सुझाव माग्ने बताए ।

विधेयकमा १ सय ५२ सांसदहरूले १ हजार ७ सय ५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव दर्ता भएका छन् । ती प्रस्तावमाथि संशोधनकर्ता सांसदहरूलाई समेत छलफलमा बोलाउनेछ । त्यसका लागि संसद सचिवालयलाई खाका तयार पार्न भनेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोशिमा कार्कीले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । संसद्को शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा बोल्दै कार्कीले विधेयकमा संशोधन भन्दा पुनर्लेखन गर्नुपर्ने बताएकी हुन् ।

विधेयकमाथि संशोधनका लागि १ हजार ७५७ विवरणमा संशोधन प्रस्ताव पेस गरिएको छ । कुनै पनि विधेयकमा दुई तिहाइभन्दा बढी संशोधन प्रस्ताव पेस भएको खण्डमा त्यो विधेयक पुनर्लेखनै गर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताइन् ।

यो विधेयकमा संशोधनभन्दा पुनर्लेखनतर्फ विचार गर्न उनले आग्रह गरेकी हुन् । अहिले ब्रेन ड्रेनको समस्या बढ्दो रूपमा हरेको भन्दै शिक्षा विधेयक यो समस्या समाधान गर्नेगरी बनाउनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।