0 COMMENTS

पुस ८, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा कालो ब्यानर राखेपछि त्यसको बचाउमा पार्टीको राष्ट्रिय युवा संघ र अनेरास्वबियुले छुट्टाछुट्टै बिज्ञप्ति सार्वजनिक गरेका छन् ।

जनसेवा मावि सुनवल–६ विशासयको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरेले दर्ता गरी बिक्री गरेकोले उनलाई सामाजिक बहिष्कार गर्न आब्हान सहित बुधवार क्रान्तिकारीले सुनवल–१ सोमनाथस्थित उनको घरको गेटमा चेतावनीस्वरुप कालो ब्यानर राखेको थियो ।

मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध बिद्यार्थी संगठनले गैरेको घरको गेटमा राखेको कालो ब्यानरमा गैरेलाई बिभिन्न ३ वटा अभियोग लगाएको थियो । उक्त अभियोग पूष्टि गर्न चुनौती दिदै युवा संघ र अखिलले बिज्ञप्ति जारी गरेर बचाउमा लागेका हुन् ।

भुमाफिया थान प्रसाद गैरेलाई सामाजिक बहिस्कार किन ? भन्ने शिर्षकको ब्यानरमा गैरेले सार्वजनिक सम्पति कब्जा गर्नुका साथै तत्कालिन अवस्थामा गाविस अध्यक्ष र बिभिन्न संघसंस्थामा हुदाँ पदको दुरुपयोग गरेको , नैतिक रुपमा समेत पतन भएको उल्लेख गर्दै क्रान्तिकारीले गेटमा कालो ब्यनार राखेपछि जिल्लामा यसको चर्चा चुलिएको छ ।

क्रान्तिकारीको गतिबिधि प्रति असहमति राख्दै एमाले निकट युवा संघका जिल्ला अध्यक्ष धन प्रसाद भट्टराई र अखिलको तर्फबाट जिल्ला ईन्चार्ज निरज पौडेल र जिल्ला अध्यक्ष निरज खड्काले ब्यक्तिको चरित्र हत्या गरेको क्रान्तिकारीलाई आरोप लगाएका छन् । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस काण्डमा छानबिन गरी कारबाही प्रकृया अघि बढाउन सुनवल नगरपालिकालाई पत्राचार समेत गरेको थियो ।

विद्यालयको नाउँमा साविक सुनवल गाविस–६ ‘ख’ को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको थियो । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त जग्गा गैरेकी श्रीमती लिलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत कार्यालयको श्रेस्तामा देखिएको थियो ।

तत्कालीन समय बि.स.२०४९ देखि २०५९ सम्म १० वर्षसम्म थान प्रसाद सुनवल गाविसका अध्यक्ष रहेका थिए भने २०५३ देखि २०५८ सम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।