0 COMMENTS

पुस ५, काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार विजयी भएको छ । बुधवार राति भएको खेलमा बार्सिलोनाले अलमेरियालाई ३–२ गोलको अन्तरले पराजित गरेको हो । बार्सिलोना जितसँगै १८ खेलबाट ३८ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको अल्मेरिया भने पुछारमा रहेको छ ।

ला लिगामा जिरोना ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ४२ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष दुवै टिमले बार्सिलोनाभन्दा १ खेल कम खेलेका छन । बार्सिलोनाले घरेलु मैदानमा ३३ औं मिनेटमा अग्रता बनाएको थियो । राफिनाले  गोल गर्दै अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा अल्मेरियाका लियोनार्दो कारिचोले गोल गरेपछि  खेल एक एकको बराबरीमा आएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो । ६० औं मिनेटमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले गोल गर्दै अग्रता २–१ बनाए । ७७ औं मिनेटमा अल्मेरियाका लागि एडगर गोन्जालेजले गोल गरेपछि २–२ को  रोमाञ्चक बराबरीमा आयो । निर्धारित समय सकिन ७ मिनेट बाँकी रहेका बेला सर्जिले गोल गरेपछि बार्सिलोना ३–२ को अग्रता लिन सफल भयो । त्यसपछि थप गोल नभएपछि बार्सिलोना ३–२ को नतिजाका साथ तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो ।

ला लिगा अन्तर्गत नै, भिल्ला रियलले सेल्टाभिगोलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै भिल्लारियल १९ अंकका साथ तालिकाको १३ औं स्थानमा रहेको छ भने पराजित भएको सेल्टाभिगो पुछारबाट तेस्रो स्थानमा रहेको छ । यस्तै, एथ्लेटिको बिलबाओले लस पालमसलाई १–० गोलको अन्तरले पराजित गरेको छ । उक्त गोल दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा आएको थियो । जितसँगै एथ्लेटिको बिलबाओ तालिकाको पाँचौं स्थानमा रहेको छ भने लस पालमस नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।