0 COMMENTS

पुस ३, काठमाडाैँ । उत्तरी चीनमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन् । नेपाली समयअनुसार मङ्गलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले त्यहाँ र नजिकैको छिङहाई प्रान्तमा धेरै भवनहरू ध्वस्त पारेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) अनुसार भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर ५.९ म्यागनिच्युडको गएको बीबीसी समाचारमा जनाइएको छ । 

मङ्गलबार बिहानैदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी छ । देशको केन्द्र सरकारले उद्धार टोली पठाएको छ जसले स्थानीय उद्धार टोलीलाई सहयोग गरिरहेको छ ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । छिङहाईमा नौ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन् । घटनास्थलबाट भिडियो फुटेज बाहिर आएको छ जसमा उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन् ।यस क्षेत्रमा विद्युत र खानेपानी पनि अवरुद्ध भएको छ ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।