0 COMMENTS

मङ्सिर ३०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले माओवादी कम्युनिस्ट पार्टी, नेपालका संरक्षक तथा १ नं प्रदेश पुनर्नामाङ्कन संघर्ष समितिका राजनीतिक सल्लाहकार गोपाल किरतीलाई विनाशर्त अविलम्ब रिहाइ गर्न जोडदार माग गरेको छ ।

माओवादी कम्युनिस्ट पार्टी, नेपालका संरक्षक तथा १ नं प्रदेश पुनर्नामाङ्कन संघर्ष समितिका राजनीतिक सल्लाहकार समेत रहेका गोपाल किरातीलाई राजनीतिक कार्यक्रम गरेको आरोपमा गिरफ्तार गरी केही दिनदेखि हिरासतमा राखिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले किरतीलाई विनाशर्त अविलम्ब रिहाइ गर्न जोडदार माग गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै राजनीतिक कार्यक्रममाथि प्रतिबन्ध लगाउने शैलीको सरकारी नीतिको तीव्र विरोध गर्दै गोपाल किरातीलाई विनासर्त अविललम्ब रिहाइका लागि जोडदार माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।