0 COMMENTS

मङ्सिर ३०, काठमाडाैँ । माइतीघरलगायतको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गर्ने निर्णय खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । ‘बृहत् नागरिक आन्दोलन’ को अगुवाइमा शुक्रबार शान्तिबाटिकामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले माइतीघरलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले नागरिकको आवाज दबाउन खोजेको बताएका छन् ।

प्रदर्शनकारीहरु भद्रकालीबाट अगाडि बढ्न खोज्दा प्रहरीले रोकेको छ । निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोबिन्द छन्त्याल, अभिषेक भुल, निर्ग नविन, नविन तिवारी, हरिशंकर दुवे, वसन्त रंजितकार, शक्ति वंसकार, शिशिर उप्रेती, सञ्जीव उप्रेती, अभय श्रेष्ठ, बोध कुमारी गिरी, प्रकाश रैदास, सम्सु निसा, फातमा खातुन, शारदा कुर्मी, तैयव मनसुर, निलम पोखरेल, सरिता श्रेष्ठ, गीता नेपाल पान्डे र चन्द्रकला ओली आचार्य रहेका छन् ।

यस्तै, गुन्ज गुरुङ, मनिषा साह, निर्मला देवी साह, विनोद प्रसाद साह, प्रेम साह, प्रणेता, सीता माझी र मुना केसी पनि पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ४ गतेदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।