0 COMMENTS

मङ्सिर २७, काठमाडौँ । दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने उक्त घटनामा परि एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही– ४ निवासी ६४ वर्षीया दीपा बुढाथोकी रहेका छन् । मोटरसाइकल चालक दीपाका छोरा सफल बुढाथोकी भने घाइते भएका छन् ।

दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली ट्रिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठोक्किएका थिए ।

घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।