0 COMMENTS

मङ्सिर २२, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार एकसूचना जारी गर्दै आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई दल दर्ताको आह्वान गरेको हो ।

आयोगले आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्नेसम्बन्धी आयो सूचना जारी गरेको हो ।

राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने पार्टीहरूले यही मंसिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । 

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।