0 COMMENTS

मङ्सिर २१, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सञ्चालन गरेको दोस्रो चरणको उद्दार, राहत तथा पुन:निर्माण अभियानमा सहभागी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको टोलि पार्टीको पुन: निर्माण अभियानलाई नयाँ उचाईमा विकास गर्दै काठमाडौँ फर्किएको छ । काठमाडौँ फर्किनपूर्व रुकुम (पश्चिम) का स्थानीय जनता, विद्यालय र जनप्रतिनिधिहरुले उक्त टोलिको भव्य बिदाई कार्यक्रम आयोजना गरेका छन ।

शितल माविले उक्त टोलिको बिदाईमा मंसिर १८ गते बिदाई कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र दर्जनौं विद्यार्थीहरु तथा स्थानीय जनताको स्नेहपूर्ण र भव्य उपस्तिथि रहेको थियो । यसै किसिमले मंसिर १९ गते सानीभेरी –१ नम्बर वडाले बिदाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम जनप्रतिनिधि र स्थानीय जनताहरुको उपस्तिथि रहेको थियो ।

यस अभियानमा मजदुर महासंघको तर्फबाट संयोजक दिनेश शर्मा, सह–संयोजक त्रय इश्वर तिमिल्सिना, बसन्त बोगटी, विनोद कुमार थापा, सचिवालय सदस्यद्वय नरेन्द्रबहादुर बन्जाडे, सरोज न्यौपाने, केन्द्रीय सदस्य राजकुमार तथा अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनका संयोजक इन्दिरा अधिकारी, केन्द्रीय सदस्य सुमन अधिकारी सहितका १ दर्जन नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

महासंघको टोलिले भेरी –१, रिम्ना, जाजरकोटका शहिद अर्जुन राना, शहिद विनोद रानाको भग्नावशेष घरहरू क्लियर गरि आवश्यक चिजवस्तुको उद्दार गरेको छ । यसै किसिमले सानीभेरी –१, पक्रैया, रुकुम(पश्चिम)का शितल माविको भग्नावशेष विद्यालय भवन क्लियर, दुईवटा विद्यालयका निम्ति अत्यावश्यक दुईवटा अस्थायी भवन/टहरा निर्माण र स्थानीय जनताको ७ वटा भग्नावशेष घरहरू क्लियर र आवश्यक चिजवस्तुको उद्दार गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मीहरुको टोलिले पक्रैयामा ४ दिनको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविर मार्फत २०७ जना स्थानीय जनताको स्वास्थ्य परिक्षण, उपचार, औसधि वितरण र स्वास्थ्य परामर्श लगायत जनसेवाका काम सम्पन्न भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।