0 COMMENTS

मङ्सिर १९, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले एमसीसी खारेजीको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा पार्टीका प्रवक्ता बास्तोलाले राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुभएको थियो । केन्द्रीय कार्यालय सदस्य समेत रहनुभएका प्रवक्ता बास्तोलाले एमसीसी बिरुद्ध दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडि बढाउने घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश सह–संयोजक निरजकुमार केसी संचालन पार्टीका केन्द्रीय सदस्य विरेन्द्र शाह, स्वागत मन्तव्य पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका अतिथिको रुपमा प्रदेश इन्चार्ज प्रेम सुवेदी सहित अन्य अतिथि वक्ताको रुपमा बुद्धिजिवी रामप्रसाद जैसी, जनप्रतिरोध अभियानका प्रतिनिधि प्रमोद धिताल, नेकपा दाङका सचिव जनक सी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, माओवादी केन्द्र दाङ सचिव विश्वराज आचार्य, नेकपा (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।