0 COMMENTS

मङ्सिर १८, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति भक्तपुरले जनताका जल्दाबल्दा समस्याहरु राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा हाम्रो पार्टी निरन्तर संघर्ष गरेको छ ।

विगत २०७८ साल कार्तिक ३ गते दुई बर्षको अवधीमा काम समापन गर्ने गरि रु.२२,२१,३८,९९४.७१ (वाईस करोड एक्काईस लाख अडतिस हजार चौरानब्वे रुपैयाँ एकहत्तर) पैसामा ठेक्का सम्झौता गरेको कम्पनी सि.एम. ब्राइट र क्षितिज (जे भि) ले दुवाकोट सडकखण्ड कालोपत्रे मोटर बाटो निर्माणकार्य सम्झौताको मिति समाप्त भएर महिनौं बितिसक्दा पनि आधा काम पनि नभएको र दलाल सत्ताको आडमा जनताले रगत पसिना बगाएर तिरेको करमा लुटपाट गर्ने र वर्षऔं देखि जनता धुलो र हिलोको मार खेपी हैरानमा पर्नुपर्ने जनता आजित भएर गरेको आन्दोलनमा हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको एकेवद्धता रहेको छ । साथै गाह्रो अप्ठ्यारोमा जनताको साथ सपोर्टमा रहने प्रतिबद्धता व्यक्त गर्दै उक्त निर्माण कम्पनीलाई तुरुन्त काम सम्पन्न गर्न दबाब दिनचाहन्छौ ।

बक्तब्यमा भनिएको छ – ‘अन्यथा हामी यो चेतावनी दिन चाहन्छौं कि काम नगर्ने दलाल सत्ताको आडमा दलाली, चाकरी र चाप्लुसी गरेर जनताको रगत पसिना शोषण गर्ने कुचेष्टा गर्न खोजे जनताको न्यायपूर्ण आन्दोलनले सबै भ्रष्ट तस्कर फटाहा दलालहरु बढारिने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।