0 COMMENTS

मङ्सिर १५, काठमाडौँ । एमसीसी परियोजना कार्यक्रम खारेजीको माग गर्दै आयोजित कार्यक्रमबाट फर्कने क्रममा पार्टीका केन्द्रीय सदस्य बन्धुदेव पाण्डेलाई गिरफ्तार गरिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तत्काल रिहाइ गर्न जोडदार माग गरेको छ । बिहीबार प्रवक्ता कञ्चनले वक्तव्यमार्फत पार्टीका केन्द्रीय सदस्य बन्धुदेव पाण्डेको तत्काल रिहाइका लागि जोडदार माग गरेका हुन् ।

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपालबाट राष्ट्रघाती एमसीसी फीर्ता गराउन हाम्रो पार्टीले सरकारसँग माग राख्दै विरोधका कार्यक्रमहरु गरिरहेको सर्वविदितै छ । यही कार्यक्रम अन्तरगत शान्तिपूर्ण तरिकाले जनताबीच एमसीसी परियोजनाको राष्ट्रघाती चरित्रबारे प्रष्ट गरी कार्यक्रमबाट फर्कने क्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य कमरेड बन्दुदेव पाण्डेलाई गिरफ्तार गरिएको छ । यसले यो सरकारको अलोकतान्त्रिक चरित्र मात्र देखिँदैन, अमेरीकी साम्राज्यवादको पक्षपोषण गरेको पनि देखा पर्छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य बन्धुदेव पाण्डेको तत्काल रिहाइका लागि हामी जोडदार माग गर्दछौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।