0 COMMENTS

मङ्सिर १३, काठमाडौँ । सर्वत्र विरोध भइरहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत भनिएको तर एडिबीको सहयोगमा नेपाल विद्युत प्राधिकरणले बनाइरहेको सबस्टेशन निर्माणको विरोधमा काठमाडौँको शंखरापुर नगरपालिका ३ का स्थानीयले विरोध प्रदर्शन जारी राखेका छन् ।

स्थानीय बोजिनीको १९२ रोपनी जग्गामा निर्माणाधीन तामाकोशी विद्युत प्रसारण लाइनको काम तत्काल रोक्नुपर्ने माग राख्दै उनीहरुले नयाँ ढंगले आन्दोलन थालेको बताएका छन् । अपर तामाकोसी जलविद्युत पीडित संघर्ष समितिका संयोजक रन्जित तमाङ्गको नेतृत्वमा तीन दर्जनले कालो ब्यानर बोकेर चर्को नाराबाजी गरेका हुन् ।

सो क्रममा बिजुलीको पोल गाडिरहेको ठाउँमा पुगेर अवरोध गर्न थालेपछि प्रहरी र स्थानीयबीच भनाभन भएको बताइन्छ । स्थानीयले पोल गाड्ने ठाउँमा बसेरै अवरोध पुर्याएका थिए । उनीहरुले ‘एमसीसी मूर्दावाद, एमसीसी चाहिँदैन’, ‘गो ब्याक एमसीसी’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘नालायक कुलमान मुर्दावाद’, ‘हाम्रो भूमि फिर्ता गर’, ‘प्रहरी दमन मुर्दावाद’, ‘माफियाहरू होसियार’, लगायत नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।