0 COMMENTS

मङ्सिर १२, जाजरकोट । जाजरकोट-रामीडाँडा केन्द्रविन्दु भएर १७ कार्तिक, २०८० मा  गएको भूकम्प पश्चात त्यस क्षेत्रका जनसमुदायको उद्दार तथा राहतमा सक्रिय भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोस्रो चरणको उद्दार, राहत र पुनः निर्माण अभियानमा सक्रिय भइरहेको छ ।

अभियानमा प्रदेश नम्बर ६ को पार्टी पंक्ति र १०० जनाको केन्द्रीय स्वयंसेवक जनशक्ति र जनस्वास्थ्यकर्मी परिचालित छन् । अभियानको नेतृत्व केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलि क. सुदर्शनले गर्नुभएको छ । यसै किसिमले पार्टी र सम्बद्ध जबस मोर्चाहरुले संकलन गरेको १ करोड बराबरको राहत तथा औसधि सामाग्री पनि जाजरकोट पुगेको छ । यसै किसिमले स्वयंसेवक जनशक्तिले जाजरकोटका बारेकोट गाउँ पलिका -रामिडाँडा, नलगाड नगर पालिका र भेरि नगर पालिका तथा रुकुम पश्चिमका सानिभेरि गाउँ पालिका र आठबिसकोट नगरपालिकाका प्रभावित क्षेत्रमा काम गर्नेछ । जस अनुसार जाजरकोटको नेतृत्व कार्यालय सदस्य उदयबहादुर चलाउने क. दिपक र पश्चिम रुकुमको नेतृत्व कार्यालय सदस्य क. दिनेश शर्माले गर्नु हुनेछ । यसैबीच अभियानको उद्देश्य र कर्तव्यबारे स्पष्ट गर्न आयोजित स्वयंसेवकहरुको रोलकललाई पार्टी कार्यालय सदस्य क. सुदर्शन, क. दिनेश शर्मा र क. उदयबहादुर चलाउनेले प्रशिक्षित गर्नुभएको छ ।

भेलालाई प्रशिक्षित गर्दै क. सुदर्शनले जनसेवा र जन उद्दारका निम्ति स्वयंसेवकहरुले काम गर्ने स्पष्ट गर्नुभयो । “हाम्रो पार्टीले, अध्यक्ष कमरेड किरणले एक विद्रोही शक्तिको भूमिकामा जनसेवा र जनउद्दार निम्ति काम गर्न हामीलाई यहाँ पठाएको छ । हामीले यो काम क्रान्तिकारी अनुशासन, कार्यक्षेत्रमा अनवरत काम गर्ने दृढ संकल्प र जनताप्रति उच्च सम्मान र विश्वासको प्रक्रियाद्वारा पुष्टि र सम्पन्न गर्न सक्छौं ।” क. सुदर्शनको उद्घोष थियो । त्यसैगरी भेलालाई प्रशिक्षित गर्दै क. दिनेश शर्माले यो जनताको सुख दुःखमा सहभागी हुने, मलमपट्टी गर्ने र जनसेवा गर्ने अवसर मात्रै नभएर स्वयं रुपान्तरणको पनि अवसर भएको स्पष्ट गर्नुभयो । ” हामी यसबखत जनताको सुखदुःखमा मलमपट्टी लगाउन र जनसेवामा सहभागी छौं । तर यसलाई हामी स्वयं रुपान्तरण हुने एउटा अवसरका रुपमा पनि लिनुपर्छ । यो जनताको सेवा गर्ने र आफै रुपान्तरण हुने अवसर र अभियान पनि हो ।” कमरेड सागरको उद्घोष रहेको थियो ।

यसै किसिमले भेलालाई सम्बोधन गर्दै उदयबहादुर चलाउने क. दिपकले जनसेवाको काम सँगै आवसिय पुनः संरचनाको बहस चलाउन जरुरी भएको स्पष्ट गर्नुभयो । “अहिले आवसिय पुनः संरचनाको बहस छ, हामीले जनसेवा सँगै यो बहस पनि लिएर जानुपर्छ । देशैभरी यसप्रकारको पुरानो संरचना विस्थापित गर्न जरुरी छ । अहिले पुरानो संरचना अन्तरगत कुन ठाउँ बस्न लायक छ ? कुन छैन । त्यो बहस लिएर जानुपर्छ । प्रत्येक घर भुकम्प प्रतिरोधात्मक हुनुपर्छ ।” उहाँको उद्घोष रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।