0 COMMENTS

मङ्सिर ९, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भूकम्पीय विपद् सम्बन्धी उद्दार, राहत तथा पुनःनिर्माण विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको आयोजनामा भएको सर्वपक्षीय बैठकमा जिल्ला स्थित राजनीतिक पार्टीहरु, सामाजिक संघ/संस्था, नागरिक समाज, पत्रकार र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

विनाशकारी भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित मृतक परिवारहरुप्रति समवेदना व्यक्त गर्दै सुरु भएको बैठकले भूकम्पीय विपदबाट उत्पन्न संकटको सामना गर्न विभिन्न निकायबाट प्राप्त सहयोग र सद्भावप्रति धन्यवाद प्रकट गर्यो र विपद्को सामना गर्न तीनबुँदे प्रस्ताव सर्वसम्मत पारित गरिएको बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा ६ नं. प्रदेश (कर्णाली)का इन्चार्ज समेत रहेका नेता उदयबहादुर चलाउने दीपकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सर्वपक्षीय बैठकले (क) उद्दार सम्बन्धी आपतकालीन अवधि सकिएता पनि कैयौं महत्वपूर्ण कामहरु बाँकी रहेकोले सम्पन्न गर्न सहकार्य तथा समन्वय गर्ने ।, (ख) राहत वितरणमा अनियमितता सम्बन्धी जनगुनासोलाई मध्यनजर गरेर एवं वडा स्तरसम्म सर्वपक्षीय विपद् व्यवस्थापन समिति गठन तथा पुनर्गठन गर्ने । अनियमितता सम्बन्धी घटनाहरुको छानबिन गर्न सर्वपक्षीय अनुगमन समिति गठन गर्ने, सत्यतथ्य छानबिन गर्ने तथा त्यसको उचित सम्बोधन गर्ने ।, र (ग) पुनः निर्माण कार्यलाई नवनिर्माणमा बदल्न सुरक्षित आवास तथा एकीकृत बस्ती प्रणालीको रणनीति अन्तर्गत पालिका स्तरमा ग्रामीण सीटी निर्माणको योजना लागू गर्न विशेष पहल गर्ने । तत्कालका लागि बस्न लायक र बस्न नहुने गरेर दुई भागमा घरहरुको वर्गीकरण गर्ने । दीर्घकालीन समाधानका लागि सम्पूर्ण अनुपयुक्त घरहरु विस्थापन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सबै पक्षबाट पहल गर्ने ।, सामूहिक प्रतिबद्धता जाहेर गरेका छन् ।

बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा कालीबहादुर खत्री– जिल्ला समन्वय समिति प्रमुख, खिमबहादुर शाही–नेकपा (एमाले), हिमाल– संयोजक– क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, दीपक खत्री– प्रतिनिधि– नेकपा (माओवादी केन्द्र), कमान खड्का–अध्यक्ष– नेकपा (एस), राजेन्द्र प्रसाद शर्मा– बरिष्ठ उपाध्यक्ष– राप्रपा, राजेन्द्र विक्रम शाह– नागरिक समाज र हरिबहादुर बस्नेत–सभापति– नेपाल रेडक्रस सोसाइटीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।