0 COMMENTS

मङ्सिर ६, काठमाडौँ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । ७ अक्टोबरदेखि जारी युद्ध ४ दिनका लागि रोक्न हमास र इजरायलबीच सम्झौता भएको हो ।

कतारको मध्यस्थतामा इजरायल-हमासबीच कैदी-बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता भएको छ । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को विशेष बैठकले स्वीकृत गरेको बीबीसीले जनाएको छ । सम्झौतामा हमासले आफूले बन्धक बनाएका ५० जना इजरायली नागरिक रिहा गर्ने र इजरायलले पनि आफ्नो देशमा कैदी तथा बन्दीको रुपमा रहेका प्यालेस्टिनीहरुको रिहा गर्ने भनिएको छ ।

सम्झौतामा हमासले आफ्नो तर्फबाट केही थाइ नागरिकको रिहा गर्ने पनि उल्लेख गरेको छ । दुवै पक्षले कम्तीमा ४ दिन युद्ध विराम गर्नेछन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरु रिहा भए पनि गाजामा युद्ध निरन्तर रहने बताएका छन् । बन्धक रिहाले मात्र लक्ष्य पूरा नहुने भएकोले छोटो समयको युद्धविरामपछि युद्ध जारी रहने बताएका बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तिमा १३ हजार मानिस मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।