0 COMMENTS

मङ्सिर १, काठमाडौँ । राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, भक्तपुर जिल्ला समितिले नेपाल संवत ११४४ नयाँ वर्षको अवसरमा मंगलवार भक्तपुर जगातीमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोर्चाका केन्द्रीय उपाध्यक्ष गोर्की श्रेष्ठले नेपाल संवतको महत्वबारे प्रकाश पार्दै शंखधर साख्वाःको जस्तो पवित्र भावना अहिलेको आवश्यकता हो भन्नुभयो । उहाँले नेवारहरुले नेपाल लिपि, नेपाल संवत, नेपाली संस्कृति, सभ्यता आदी धेरै सम्पदाको निर्माण गरे पनि शासक वर्गको दमनका कारण त्यो फल्न फुल्न नपाएको वताउँदै नेवा: मोर्चाको आन्दोलनले केही सिमित अधिकार दिन सरकार वाध्य भएको प्रष्ट पार्नु भयो ।

उपाध्यक्ष श्रेष्ठले सवै आदिवासी जनजातिको समान अधिकार नभएसम्म शान्ति र समृद्धी संभव नभएको स्पष्ट पार्दै नेपाललाई भन्ने वेलामा सयौं फुलको फुलवारी भनिए पनि एउटै फुललाई मात्र मलजल र स्याहार सुसार गर्ने गरिएको र मृत भाषालाई अरवौं वजेट छुट्याउने सरकारले मातृभाषाको लागि फुटेको कौडी पनि नछुट्याई भेदभाव गरिएको विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।

नयाँ वर्ष ने. स. ११४४ को शुभकामना दिदै नेवास् मोर्चाका केन्द्रीय सचिव श्रीकृष्ण सुलुले नेपाल संवत नेपालको मौलिक र राष्ट्रिय संवत मात्र नभई मुक्ति संवत समेत भएको चर्चा गर्नु भयो । उहाँले नेपाल संवत नेपाल, भारत मात्र र एसियाका धेरै देशमा उल्लेख भएको, नेपाल- तिव्वत युद्ध पछिको शान्ति सम्झौतामा प्रयोग भएको र नेपालमा सवै भन्दा लामो समयसम्म चलेको संवत भए पनि सरकारको भारतपरस्त नितिका कारण ओझेलमा परेको हो भन्नुभयो । तर नेवास् मोर्चाको वलिदानीपूर्ण संघर्ष र जनताको शक्तिको कारण शंखधर साख्वास्लाई राष्ट्रिय विभुती र नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गर्न सरकार वाध्य भएको वताउँदै सचिव सुलुले मोर्चाको आन्दोलनले गर्दा नै काठमाडौं महानगरपालिका लगायतका ठाउँमा स्कूलमा नेपालभाषा अनिवार्य गरेको र वागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा वनेको स्पष्ट पार्नु भयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, भक्तपुर संयोजक रोजन रखालले विक्रम संवत भारतको संवत र नेपाल संवत नेपालको भए पनि शासकहरुले जवर्जस्ती विक्रम संवत लादेको प्रष्ट पार्दै जनताको मुक्तिको सपना पूरा गर्न अर्को क्रान्तिको आवश्यक छ भन्नुभयो । पार्टीकै केन्द्रीय सदस्य सोमान तामाङले सत्ता वाहेक सवै भ्रम हो भने जस्तै संस्कृतिलाई राजनितिसँग जोड्न नसके संस्कृति नजोगिने प्रष्ट पार्दै अदिवासी जनजातिले अव राजनैतिक अधिकारको लागि लड्नु पर्ने वताउनु भयो ।

नेवा: मोर्चाका केन्द्रीय सदस्य कृष्ण प्रसाद घेमोसुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन मोर्चाका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष रामहरि गणेजुले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।