0 COMMENTS

कात्तिक १२, काठमाडौँ । मानवीय सहयाता र नरसंहार रोक्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अस्वीकार गर्दै थप हमला गरेको छ । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको जनाएको छ । राष्ट्रसंघको आह्वानभन्दा पहिले हवाई हमला मात्रै गर्दै आएको इजरायलले अहिले स्थलगत रुपमा पनि हमला सुरु गरेको छ । इजरायलले गाजालाई संचार सम्पर्कबाट बिच्छेद गरेर हमासको सुरुङमा आक्रमण शुरु गरेको छ ।

इजरायलले गाजामा इन्टरनेट र फोन सेवा बन्द मात्रै होइन कुनैपनि मानवीय सहयता पनि जान दिएको छैन । अहिले गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ । इजरायली सेनाले गाजामा के गरिरहेको छ भन्ने कुरा विश्व समुदायबाट टाढा पुगेको छ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।  उनले यो युद्ध निकै कठिन रहेको समेत बताए ।

सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन । तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन् । यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ ।

गाजामा इजरायलले गरिरहेको हमलाको विपक्षमा १२० देशले मतदान गरेपछि राष्ट्रसंघले युद्धविराम गरी मानवीय साहयता जान दिन आह्वान गरेको थियो । तर, इजरायलले त्यसलाई अस्वीकार गर्दै थप हमला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।