0 COMMENTS

कात्तिक ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान मुलुकका केही पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सफा रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो सुदूर-पश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।