0 COMMENTS

कात्तिक ८, काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्दैछ । अहिलेसम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन । गाजा सीमा क्षेत्रमा तैनाथ भएका इजरायली ट्यांक घाम तापेर बसेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हवाई र जमिनबाट एकसाथ गाजामा कारवाही थाल्ने घोषणा गरेका थिए । तर, नेतान्याहू आफैँले घोषणा गरेको सैन्य कारवाही अगाडि बढाउन असफल हुन पुगेका छन् ।

गाजापट्टीमा प्रवेशको अनुमति अमेरिकाले नेतान्याहूलाई अनुमित नदिएका कारण स्थल कारवाही गर्न सकेको छैन । अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमै पुगेर नेतान्याहूको हौसला बढाएपनि गाजामा प्रवेशको अनुमति नदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । गाजामा मानवीय सहायातालाई इजरायलले रोकेर युद्ध अपराध गरेको ह्युमन राइट्स वाचले बताएको छ । इजरायलले गाजामा एक अस्पतालमा समेत हमला गरेर अन्तर्राष्ट्रिय रुपमै आफ्नो खुनी अनुहार देखाइसकेको छ । अस्पतालमा उपचार गराइरहेका पाँच सय बिरामीको हमलामा परी मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।

इजरायलले हवाई हमला गरेर पाँच हजार प्यालेस्टिानीको मृत्यु भएको छ भने १४ हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई हजार भन्दा बढी बालबालिका मात्रै रहेका छन् । मानव बस्तीमा हवाई बम खसालेर दिनदिनै सयौं प्यालेस्टानीको इजरायलले हत्या गरिरहेको छ । यसैबीच गाजा प्रवेश गरेर सर्च गर्न खोज्ने इजरायली ट्यांकलाई हमासले ध्वस्त पारिदिएको छ । हमासले इन्टी ट्यांक प्रहार गरेर संसारकै शक्तिशाली मानिएको इजरायली ट्यांक ध्वस्त बनाएको हो ।

इजरायली सेनाका अनुसार उक्त हमलामा परी एकजना सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । इजरायली सेनाले सर्च गर्दा हमासका कार्यकर्ता पक्राउ गरेको बताएको छ । इजरायली सेनाका ट्यांक गाजामा प्रवेश गरे प्यालेस्टाइनी जनताको कडा प्रतिवाद गर्ने भएको तयारी भइरहेको बताइएको छ । इजरायलको ज्यादति र नरसंहार गाजामा नदेखको  र नभोगेको कोही नभएकोले पनि कडा प्रवेश रोक्न स्थानीयहरु सीमा क्षेत्रमा जम्मा भएका छन् ।

इजरायलले गाजामा गरेको नरसंहारले मध्यपूर्वका मुस्लिम देशहरु आक्रोसित भएका छन् । इजरायललाई प्रत्यक्ष सहयोग गरिरहेको अमेरिकासँग मुस्लिमहरु थप आक्रोसित बनेका छन् । लेवनानबाट हिज्बुल्लाले पनि इजरायलमाथि हमला गरिरहेको छ । इजरायल र अमेरिकाको विरोधमा मध्यपूर्वमा प्रदर्शन जारी रहेका छन् । त्यस्तै, इराक र सिरियामा अमेरिकी सैन्य क्याम्पहरुमा पनि हमला भएका छन् । अमेरिकाले उक्त हमलामा परी मानवीय क्षति नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।