0 COMMENTS

कात्तिक ३, काठमाडौँ ।  नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो ।

मन्त्रालयले मङ्गलबार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मन्त्रालयले विवादको समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भएको छ, ‘हामी नागरिकमाथि भएको आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।