0 COMMENTS

कात्तिक २, काठमाडौँ । इजरायलमा भइरहेको युद्धविरुद्ध नेपालमा प्रदर्शन गरिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्ताेला ‘कञ्चन’ काे नेतृत्वमा गएकाे टाेलीले इजरायली दुताावासमा ज्ञापन पत्र बुझाउन प्रयास गरे पनि दुतावासले ज्ञापन पत्र बुझ्न नमानेपछि सडकमै प्रदर्शनसहित ज्ञापन पत्र वाचन गरेर प्रवक्ता कञ्चनले सार्वजनिक गर्नुभएकाे थियाे । नेता कञ्चनले मंगलबार दिउँसो इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाउनु भएकाे थियाे ।

प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न जाेडदार माग गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।