0 COMMENTS
कात्तिक १, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट जवस/मोर्चाहरुले नजिकिदै गरेको चाडपर्वमा भएको कालोबजारी र महँगीलाई नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई आज संयुक्त रूपमा आठबुँदे मागपत्र बुझाएका छन् ।
श्री प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा ।
बिषय– संयुक्त माग–पत्र बुझाइएको सम्बन्धमा ।
सर्वहारा श्रमजीवी जनताको अग्रदस्ता पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल स्थापनाकाल देखि नै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर वकालत र संघर्ष गर्दै आएको छ । देशमा भएको भ्रष्टाचार, अनियमितता, लुटखसोट, हत्याहिंसा, महंगी, कालोबजारी, सुद्खोरी जस्ता तमाम शोषण र उत्पीडनका विरुद्ध संघर्ष र वर्ग संघर्षका भीषण चुनौतीहरूको सामना गर्दै गर्विलो इतिहासको आलोकमा उभिएर सुन्दर सामाजिक जनजीवन र भविष्यको खोजीमा आज पनि हाम्रो पार्टी दृढ र प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ । उत्पीडित र श्रमिक जनताहरू प्रती जिम्मेवार रहँदै हाम्रो माओ पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध कास्कीको जनवर्गीय संगठनहरूले पार्टीले अगाडि सारेका जनहितकारी कार्यहरू प्रती पुर्णतः प्रतिबद्ध रही नजीकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै संयुक्त जनवर्गीय संगठनको तर्फबाट निम्नाअनुसारका मागहरू यथाशीघ्र कार्यान्वयनको निम्ति पेस गर्दछौं ।
मागहरू 
१. आकाशिएको महंगीमा अझ चाडपर्व केन्द्रित महंगी थपिएको सन्दर्भमा हरेक व्यवसायी लाई अनिवार्य मूल्य सुची राख्न लगाई त्यसको अनुगमन समेत गरि उपभोक्तालाई सुलभ र सहि मुल्यमा खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतको उपलब्धतामा ध्यान दिइयोस् ।
२. म्याद गुज्रिएका अखाद्य वस्तुहरू बेच्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीया गर्नेहरूको सुक्ष्म अनुगमन गरि कारबाही गरियोस् ।
३. हवाई, बस तथा समग्र यातायातमा अहिले पनि मनपरी भाडा असुली भइरहेको छ अझ चाडपर्व केन्द्रित धन्दा यातायातहरू चलाउने गरेका तिता अनुभुती हामी सँग छन् । तसर्थ यातायातको क्षेत्रमा निश्चित शुल्क कायम गरि चाडपर्वको बेला भाडादर सहुलियतपुर्ण बनाइयोस् ।
४. राज्य संचालकहरू जनताप्रति जिम्मेवार र उत्तरदायी हुने हो भने सस्तो र सर्वशुलभ बजार संचालन गरियोस् । त्यो सम्भव नहुँदा व्यवसायीहरूलाई विभिन्न प्याकेज र सहुलियत दिएर उपभोक्तालाई सस्तो र सर्वसुलभ मुल्यमा उपभोग्य वस्तु खरिद गर्न सक्ने वातावरण बनाइयोस ।
५. चाडपर्वमा हुनसक्ने विभिन्न अपराधीक घटनाहरूः झै–झगडाहरू, जुवातास, लागुपदार्थको ओसारपसार, बालबालिका ओसारपसार, चोरी, लुटपाट जस्ता अपराधीक गतिविधिहरूलाई रोकथाम तथा नियन्त्रण गर्न सम्बन्धित निकायले पुर्वतयारी गरोस् । साथै विभिन्न सचेतना मुलक सन्देशको प्रवाह विद्युतीय माध्यमबाट गरोस् ।
६. राज्य संयन्त्रको तर्फबाट यात्रु सहायता कक्ष, उपभोक्ता गुनासो सुन्ने संयन्त्र बनाइ व्यवस्थित र सहज बनाइयोस ।
७. मा.प.से/ला.प.से सेवन गरि सवारी साधन चलाउने, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी साधन लापरबाही चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने जस्ता समस्याहरू हरेक चाडपर्वको बेला बढी देखिन्छन् जसको कारण सवारी दुर्घटनाका घटनाहरू बढीरहेका छन् । यसको रोकथाम र नियन्त्रणको निम्ति कडाइपुर्वक पहलकदमी लिइयोस् ।
८. बैंक, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरब्याजी, सुद्खोर तथा साहुमहाजनहरूले चाडपर्वको बेलामा ऋृणीहरूलाई मानसिक तनाव दिने जस्ता कार्यहरू गरिरहेको गुनासो आइरहेको छ । तसर्थ कम्तीमा चाडपर्वको अवधिभर यस्ता गतिविधि हुन नदिन आवश्यक पहल लिइयोस । साथै सेवाग्राहीले जम्मा गरेको रकम बिनासर्त फिर्ता गर्ने वातावरण बनाइयोस् ।
हामीलाई थाहा छ । राष्ट्रपक्ष र जनपक्ष समाजको निर्माण गर्ने सम्बन्धमा वर्तमान राज्यसत्ता मार्फत सम्भव छैन तथापि न्युनतम सहुलियत र राहात उपलब्ध गराई नामाधारी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीको लाज खास्टोले भएपनी छोपियोस भन्ने अनुरोध गर्दछौं । हाम्रा मागहरूलाई जिम्मेवारीपुर्वक सम्बोधन गरियोस् । जनताका मागहरू लाई बेवास्ता गर्ने, मागपत्रहरू लाई दराजमा थन्क्याउने र डस्वीनमा थुपार्ने पुरातन र शासकीय प्रवृत्तिको सुधार गरियोस् ।
क्रान्तिकारी अभिवादन सहित !
 क.कमला  क. बलाराम क.उर्मिला
संयोजक संयोजकसंयोजक
अनेरास्ववियू (क्रान्तिकारी)  अखिल नेपाल क्रान्तिकारी क्रान्तिकारी महिला संगठन
ट्रेड युनियन महासंघ
 
क.सुर्य  क.कृष्ण  क.तिर्थ
संयोजक  संयोजक   संयोजक
क्रान्तिकारी युवा संगठन नेपाल  अखिल नेपाल क्रान्तिकारी मगर मुक्ति मोर्चा किसान महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।