0 COMMENTS

असोज २८, काठमाडौँ । नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा प्राकृतिक स्रोतसाधन, व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय सरकार, आदिवासी जनजाति र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडाैँमा सम्पन्न भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग युवा संघ (NIDYA-Nepal) को साझेदारी र पवन्का फण्ड (PAWANKA FUND) को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार तथा लाहुर्निपका उपाध्यक्ष शङ्कर लिम्बुले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधानको सम्बन्धमा बोल्नु भएको थियो । स्थानीय आदिवासीहरुको साँस्कृतिक सम्पदा र स्थानीय सरकारले स्थानीय तहमा सो को संरक्षण प्रवर्द्धनको लागि बनाउन सकिने साँस्कृतिक ऐन सम्बन्धमा किर्तिपुर नगरपालिकामा साँस्कृतिक ऐन निर्माणका क्रममा कार्यदलका संयोजक साँस्कृतिक अभियन्ता सञ्चारकर्मि श्रीकृष्ण महर्जनले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सरोकारवाला निकायबाट आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर, थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी, समावेशी आयोगका सदस्य हरिदत्त जोशी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ति मगर, नेफिनका सचिव एआईपिपिका कार्यकारी सदस्य जगत बराम, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य, काठमाडौँ महानगरपालिकाकी सामाजिक विभागका अधिकृत भवनी कपाली लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा अन्य संस्थाहरु, सञ्चारकर्मी र साँस्कृतिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागितामूलक छलफल गर्नुका साथै संवैधानिक आयोगका माननीय अध्यक्ष तथा सदस्यहरुले सुझाव सहितको मन्तव्य राख्नु भएको थियो । निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएका संवैधानिक आयोगका अध्यक्ष, प्रतिनिधिमुलक संस्थाका प्रमुख, प्रतिनिधि, सहजकर्ताहरु र उपस्थित सबैलाई आयोजक संस्था ल्क्ष्म्ब् का अध्यक्ष एवं कार्यक्रमका सभापति खड्ग सारु मगरले हार्दिक धन्यवाद दिनुको साथै आगामी दिनमा पनि सहकार्य र समन्वय रहीरहने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।