0 COMMENTS

असोज २६, काठमाडौँ । चीनको होङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुद, करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ । एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी ऐरिकालाई खेलको प्रशंसा र सफलताको लागि उनी पढेको स्कूल शुभकामना बोर्डिङले आज सम्मान गरेको हो ।

सम्मानपछि ऐरिकाले आफ्नो स्कूललाई प्रतिनिधित्व गरेको र मेहनतको फल पाएको भन्दै खुशी व्यक्त गरिन । सम्मानपछि छोटो प्रतिक्रिया दिदै उनले भनिन्, ‘आफ्नै स्कूलबाट यसरी सम्मानित हुन पाउँदा एकदकै खुशी लागिराको छ । आफूले गरेको कडा मेहनतलाई सम्झिँदाखेरी मैले गरेको त्यो दुःखलाइ विर्सन लागिसके । भविष्यमा अझै धेरै स्कूललाई चिनाउँन पाउँ ।’

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन् । तर, एसियाडको इतिहासमा नेपाललाई करातेबाट पहिलो रजत उनले दिलाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।