0 COMMENTS

गायक/सर्जक टंक डुम्रेको शब्द रहेको गीत ‘आर्थिक मन्दी’ मा गायक पशुपति शर्मा, स्वयम् डुम्रे,यज्ञ सापकोटा र मीना कार्कीले स्वर दिएका छन् । संगीत यज्ञ सापकोटाले भरेका छन् । गीतको म्युजिक भिडियोमा गायक स्वयम् डुम्रे र मनिषा खत्रीको अभिनय रहेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ बायखोलामा जन्मिएका डुम्रेका यसअघि बहिनी मिलाउदेउ, ढाँट्न जान्न पर्छ, अन्तै बिहे भयो, घरझगडा, चर्को लाग्यो घाम लगायत डेढ दर्जन गीत सार्वजनिक भैसकेका छन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरु करिब ४ दर्जन र ३ वटा चलचित्रमा समेत अभिनय गरेका छन् ।

गायक तथा सर्जक टंक डुम्रेले समसामयिक विषयवस्तुमा आफ्ना सृजनालाई पस्किने भएकै कारण उनी चर्चामा छन् । पछिल्लो समय नेपाललगायत विश्वले खेप्नु परेको समस्याको उठान गर्दै डुम्रेले नयाँ गीत ‘आर्थिक मन्दी’ सार्वजनिक गरेका छन् । परिवेश अनुसारका सृजना पस्किदै आएका डुम्रे हाल सोही गीतको प्रचारप्रसारमा छन् । ‘आर्थिक मन्दी’ युट्युबको अग्र स्थानमा पुग्न सफल भएको छ भने टिकटकमा समेत निकै लोकप्रियता बटुली रहेको छ ।

‘आर्थिक मन्दी’ गीतमा समेटिएका केही टुक्काहरुः–

रहर छ भो राम्रो लाउन मिठो मिठो खान
पाए हुन्थ्यो भुटानी भइ अमेरिका जान
फुर्सद छैन काम नि छैन व्यापार नि भा छैन
क्यारी भाडा तिर्ने हो खै त्यो पनि थाहा छैन
न त मिठो खान जान्नी, न त राम्रो लाउनी
खर्च गर्न पर्यो भने तिम्लाई ज्वरो आउनी
बालेन दाईले काठमाडौको मुहार फेर्दै गाँथे
एयरपोर्टबाट सुन भित्रिदा कर्मचारी काँथे
हालत खराब भा छ, धेरै कच्कच् कच्कच् नगर् बुढी आर्थिक मन्दी ला छ
राजनितिका कुरा छोड् टिकटक बनाम बरु
यो पाराले घर चलेन व्यापार फेरम् अरु
रहर छ भो राम्रो लाउन मिठो मिठो खान
पाए हुन्थ्यो भुटानी भइ अमेरिका जान ।।

गीतमा यस्तै यस्तै टुक्काको प्रयोग गरिएको छ । राजनीतिमा लागेर दुई नम्बरी धन्दा गर्नेलाई सहयोग पुर्याउनेसम्मलाई व्यङग्यदेखि सुझावसमेत समेट्ने कोसिस गरिएको हुँदा यो गीत पनि चल्ने डुम्रेको दाबी छ । दर्शक श्रोताले विस्तारै यसलाई पनि मन पराउनु हुन्छ भन्नेमा ढुक्क छन् उनी ।

‘नयाँ गीत ‘आर्थिक मन्दी’ को प्रतिक्रिया एकदमै सकारात्मक छ, जतिले हेर्नु भएको छ एकदम्र राम्रो प्रतिक्रिया दिनुभएको छ । खुशी लाग्छ, टिकटक बनाएर पठाउनु हुन्छ, टिकटककै कुरा गर्दा दुई लाख भन्दा बढीले हेरि सक्नुभएको छ । समग्रमा भन्नुपर्दा राम्रो प्रतिक्रिया आएको छ ।’ गायक तथा सर्जक टंक डुम्रे भन्छन् । आर्थिक मन्दी ‘अकलादेवी युटुब’ च्यानलमार्फत साङ्गितिक बजारमा आएको छ ।

यस अघि टंक डुम्रे र यज्ञ सापकोटा मिलेर बजारमा ल्याएका गीत ‘चर्को लाग्यो घाम’ गीतले टिकटकमा रेर्कड नै कायम गरेको छ ।

‘मेरा सिर्जना आज भोलि समय सान्दर्भिक हुने गरेका छ्न् । मैले यतातिर ध्यान दिन थालेको छु । केही समय अघीमात्रै सार्वजनिक भएको गीत ‘चर्को लाग्यो घाम’ पनि अत्यधिक दर्शक श्रोताले मन पराइदिनु भएको थियो । अहिलेको सामाजिक सन्जालको मापन गर्दा पनि सफल गीत मान्छु, किनभने त्यो समय गर्मी अत्याधिक बढेको थियो र सबै जनाले खोलामा वा पोखरीमा पौडी खेल्दै टिकट्क बनाउँदै नाँच्दै गरेको सबैले देख्नु भएको नै छ । त्यस्तै, नयाँ गीत ‘आर्थिक मन्दी’ पनि अहिले नेपालमा देखिएको ठुलै समस्या हो । यसमै केन्द्रीत गरेर यो गीत ल्याएका छौं ।’ डुम्रे भन्छन् ।

मेला महोत्सवमा कतिको व्यस्त हुनुहुन्छ ? भन्ने प्रसंगमा गायक डुम्रे भन्छन् :– ‘मेला महोत्सवहरु फाट्टफुट्ट गरिरहेको छु । मेला महोत्सवमा कि चाकडी, चाप्लुसी गर्नेले, कि अत्यन्तै चर्चित भएकोले वा कि राजनीति लविङ गर्न जान्नेले अवसर पाउने रहेछ । दर्शक श्रोताले रुचाएका तर राजनीति आस्था नमिल्दा हामीजस्ता कलाकार मारमा परेका छौं । मैले पनि कति महोत्सवहरुमा दिने प्रस्तुती यस्ता विविध कारणले स्थगित गर्नु परेको दु:खद् अनुभव छ । कला र गलाको कदर हुनुपर्ने ठाँउमा राजनीति तथा नातावाद, कृपावाद हावी हुँदा म जस्ता कलाकारले त्यती धेरै मेला महोत्सव पाउने कुरा त भएन तैपनि अलिअलि पाइरहेकै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।