0 COMMENTS

असोज १५, उदयपुर ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिका वडा न. ३ को एकता अधिवेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयाेजक दुर्ग बहादुर कार्किको संयाेजकत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय आयोजक समिती सदस्य तथा उदयपुर जिल्ला संयोजक “जटिल”, बिशेष अतिथी प्रदेश समिति सदस्य तथा कटारी नगर इन्चार्ज रमेश कटुवाल, अतिथी प्रदेश समिति सदस्य भिम सुर्खेती “सुदिप” रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ले जिल्ला पार्टीको योजना तर्जुमासहितको भाव सबैमा सम्प्रेषण गरेका थिए । यसैगरी विशेष अतिथि नगर इन्चार्ज रमेशले नगर पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमका अतिथी “सुदिप” ले संगठन लाई सुदृढ जुजारु बनाएर खिया लागेर मरनासन्न अवस्थामा पुगेको दलाल संसदीय व्यवस्थाको विरुद्धमा एकाकार भएर लड्न प्रेरित गरेका थिए ।

उक्त कार्यक्रम वडा संयोजक दुर्ग बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।