0 COMMENTS

असोज १४, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि महासङ्घको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कमरेड कुमार घतानीले मसाल बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अधिवेशनले आकाशको संयोजकत्वमा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

एकता भेलाको अध्यक्षता महासङ्घको जिल्ला इन्चार्ज कमरेड बिसालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासङ्घको जिल्ला सहसंयोजक कमरेड क्षितिजले गर्नु भएको थियो । महासङ्घको जिल्ला संयोजक कमरेड आकाशले कार्यक्रममा बोल्दै स्वागत मन्तव्य द्वारा अतिथि प्रमुख अतिथि लगाएत उपस्थिति सबैलाइ स्वागत गर्नुभएको थियो ।

महासङ्घको केन्द्रिय सदस्य कमरेड जिरामले शुभकामना मन्तव्य राख्दै श्रमजिवि मजदुर एकढिक्का भएर लागेमा मात्र मजदुरको माग पुराहुने बताउनु भयो । त्यस्तै महासङ्घको ३ न प्रदेश सह संयोजक कमरेड सरोजले महासङ्घको केन्द्रीय सर्कुलर वाचन गर्दै महत्वोपुर्ण नितिगत भनाइहरु राख्नु भयो । त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कमरेड कुमारले मजदुरका समस्याहरु हल गर्न र जायजमागहरु पुरागर्नका निम्ति महासङ्घले महत्वपुर्ण भुमिकाखेल्ने छ भन्दै आफ्नो प्रतिवद्दता जाहेर गर्नु भयो ।

त्यसैगरि विशेष अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक सदस्य तथा भक्तपुर जिल्ला संयोजनक कमरेड रोजनले मजदुरको समस्या हल गर्न श्रमिक मजदुर सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्यसत्ता चाहिने त्यस्को लागि अहिले यो दलाल संसदीय पुजीवादी व्यवस्थाको अन्त्य गरि जनवादी गणतन्त्र सहितको बैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने र त्यो व्यवस्थाले मात्र शोषित उत्पीडित श्रमजीवी वर्गीय मुद्दा हल गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने बताउनु भयो । त्यसको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झण्डा मुनि गोलवन्द हुनु पर्ने बताउदै माक्र्सवादी बौद्धिक हतियार लाई भौतिक हतियारमा रूपान्तरण गर्ने भनेकै सङ्गठन हो । त्यस्तो सङ्गठन भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल हो । त्यसकारण सबै क्रान्तिकारी बिचार बोकेका बुद्धिजीवी, श्रमजीवी मजदुर उत्पीडित जनसमुदाय सबै सबै लाई पार्टीमा गोलवद्द हुन आह्वान गर्नु भयो । राष्ट्रियताको विषयमा जोडदिदै एमसिसीको बुदा बुदामा चर्चा गर्दै यो रास्ट्रघाती, जनघाती एमसिसि खारेज गर्नुको विकल्प नभएको बताउनु भयो । त्यस्को लागि जनता एकढिक्का भएर संघर्षमा उत्रीनु पर्नेमा जोड दिनु भयो । त्यसै गरि पार्टी महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक कमरेड बिवेकले काम गरिखाने श्रमजीवी बर्ग र बसिखाने बर्ग दुइटा बर्ग छन् यहाँ । यो मजदुर बर्ग भनेको कामगरी खाने श्रमजीवी बर्गमा पर्दछ । त्यसो हुँदा बसिखाने शोषण गर्ने लुटपाट गर्ने श्रमजीवी मजदुर माथी अन्न्याय अत्याचार गर्नेको विरुद्ध लड्ने सङगठन भनेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ हो । आफ्नो हकहितको लागि आवाज उठाउन मजदुरहरुले यस्तो सङ्गठनमा लाग्नु पर्ने बताउनु भयो । तर मजदुरको सत्ता नआउँदा सम्म, कम्युनिस्ट व्यवस्था नहुदा सम्म मजदुरको मुद्दा हलहुन सक्दैन । तसर्थ कम्युनिस्ट व्यवस्था स्थापनाको निम्ति निरन्तर लडिरहनु पर्नेमा जोड दिनु भयो ।

अन्तमा कार्यक्रमका अध्यक्ष कमरेड बिसालले कार्यक्रममा उपस्थिति हुनुभएका अतिथि प्रमुख अतिथि सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।