0 COMMENTS

असोज १३, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी शैक्षिक विकृति बिरुद्ध उत्रिएको छ । संगठनले बैधानिक सङ्घर्षलाई जोड दिदैं विना अनुमति संचालन भएका शैक्षिक संस्था बिरुद्ध ‘धावा’ बोल्न शुरु गरेको हो ।

अभियानको क्रममा बर्दघाट–१६ मा रहेको नीजि विद्यालय ओसिस मोडेल एकेडेमीले कक्षा ८ सम्म अनुमति लिएर कक्षा १० सम्म कक्षा संचालन गरेको पाएपछि क्रान्तिकारीले उक्त विद्यालयलाई ७२ घण्टे अल्टीमेटम दिएको छ ।

बिद्यार्थीहरुको भबिष्य माथि खेलबाड गर्दै बिद्यालयले विना दर्ता कक्षा संचालन गरेकोले संगठन ७२ घण्टे अल्टिमेटम सहित संर्घषमा उत्रिन बाध्य भएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो ।

अल्टिमेटमको समय सम्म बिद्यालयलाई म्याद दिइएको र उक्त अबधि भित्र गल्ती नसच्याए थप संर्घषमा उत्रिने उहाँको भनाई छ । यो बिद्यालय बर्दघाट नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका बर्दघाट–१६ को वडाध्यक्ष भिमकाजी गुरुङ्गको वडामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।