0 COMMENTS

असोज ११, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश सदस्यहरु निर्वाचित गरेको छ ।

उक्त एकता भेलामा शुभकामना दिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केस. तथा ६ नं. प्रदेश संयोजक संगमले दुइटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) एकता पछी निर्माण भएको क्रान्तिकारी युवा संगठन नेपाल घोषणा भएको बताए । सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्ने आवश्यक रहेकोे बताए । उनले सेनाको निर्माणका लागि अगाडी बढ्न भन्दै अहिलेको यो व्यवस्था पुजीवादी, भ्रष्ट, दलाल र शोषकहरुको व्यवस्था भएको उल्लेख गर्नु भयो । सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्ने आवश्यक रहेकोे बताए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने पार्टी भएको स्पष्ट धारणा राखे ।

त्यससँगै गरि शुभकामना तथ महत्त्वपूर्ण भनाइ राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केस. तथा ६ नं. प्रदेश सह–संयोजक दिपक शाहीले पार्टीको केन्द्रीय नितिलाई जनजन र घरघरमा पुर्‍याउनु पर्नेमा जोड दिदै, दलाल संसदीय व्यवस्थाको अत्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने बाटो नै मुख्य उद्येश्य हो भन्दै, भ्रष्टाचारी, वलात्कार राष्ट्रघाति, एमसीसी लगायत सम्पूर्ण विषयहरुलाई लिएर संघर्ष गर्नु पर्ने समेत वताए ।

भेलामा उपस्थित सवै नेता कार्यक्रर्तालाई आगामि कामका सन्दर्भमा शिक्षा स्वास्थ्य २०८३ सम्ममा निशुल्क गर्न, किसानलाई निशुल्क मल बीउ र किसानका उत्पादन देश भरि सवै वडाले संकलन केन्द्र वनाएर खरिद गरि सस्तोमा जनता र उपभोक्तलाई वितरण गर्न, देशमा रोजगारि सृजना गर्न कम्ति पनि सवै पालिकाहरुमा कम्तिमा दुईवाटा जनताको स्वामित्व र पुर्ण सरकारि स्वामित्वमा दुई दुई वटा उद्योग संचालन गर्नको लागी संघर्ष गर्नुपर्ने बताए ।

त्यसैगरी आफ्नो भनाइ राख्दै केस तथा ६नं. प्रदेश सहसंयोजक अनन्तले आज यो साम्राज्यवादि दलाल हरुले नेपाली सर्वहारा वर्ग माथी शोषण गरेको बताए । उनले प्रकाश सानो देखिन्छ त्यो प्रकाशको तापक्रमले दुनियाँलाई जलाउछ, हाम्रो देश दिनप्रतिदिन कम्जोर हुँदै जानुको मुख्य कारण दलाल संसदीय व्यवस्थाले गरेको लुटखसोट र भ्रष्टाचार ललिता निवास प्रकरण सुन काण्ड, टि स्टेट, टिकापुर नगर विकासमा भएको जग्गा काण्ड, विभिन्न राष्ट्रघाति सन्धि सम्झौता, नेपालका प्रकृतिक सम्पदाहरुमा विदेशिहरुको हालिमुहालि र विक्रि वितरण जस्ता कु–क्रर्महरुका कारण उदारवादी लोकतान्त्रिक गणतन्त्र आफै समाप्त भै सकेको छ र देश कमजोर बनेको छ भन्नेमा जोड दिए । उनले हामिले इच्छा,तत्परता,इमानदारीता देखाउनको लागि यो तीन कुरामा जोड दिन आवश्यक रहेको बताए ।

उपस्थित : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाका केस. कृष्ण शाह, क्रान्तिकारी युवा संगठन नेपालका केस तथा ६ नं. प्रदेश इन्चार्ज विकल्प, क्रान्तिकारी युवा संगठन नेपालका केस. तथा ६ नं. प्रदेशका संयोजक प्रकाश शर्मा, उपस्थित : प्रेमबहादुर थापा, तिलक गिरि, रामु चौधरी, सुनिल सिंह, तपेन्द्र न्यौपाने, वसन्त, फ्रेम चौधरी, आकाश, जगदीश लगायत सबै जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।