0 COMMENTS

असोज ८, तुलसीपुर ।  सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको छ 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेका छन् ।

डिएसपी कार्कीका अनुसार बुढा सवारी धनी हुन् भने घर्ती चालक हुन् । उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप  आज बिहान  कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटना भएको हो । 

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन् । उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।