0 COMMENTS

असोज ५, भक्तपुर । उपकार साकोसको २९औं वार्षिक साधारण सभा शनिवार न्यू एभरेस्ट पार्टी प्यालेस थिमिमा सम्पन्न भएको छ ।

सभाका प्रमुख अतिथि तथा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्धाटन गर्नुभएको सभाको सभापतित्व संस्थाका अध्यक्ष हरिकृष्ण घजुले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेफ्स्कूनको पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, भक्तपुर बचत संघका उपाध्यक्ष हरि वल्ल र संस्थाका संस्थापक के.बी.घजुलगायत अतिथि हरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त साधारण सभामा संस्थाका उत्कृष्ट बचत, उत्कृष्ट ऋणी कारोवारी लगायतलाई सम्मानित गरिएको थियो ।

सभाले उपाध्यक्ष जयकृष्ण दुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपकारको वित्तिय विवरण अनुसार २०८० असारसम्ममा कुल शेयर संख्या ४८७८बाट रु. ८९,३७५९००/ शेयर पूँजी हिसाब छ । कुल सम्पत्ति रु.१,६७४९८९५९ रहेको देखाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।