0 COMMENTS

असोज २, काठमाडौँ । नेपालमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।