0 COMMENTS

असोज १, काठमाडौँ ।  आज ११औँ राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ ।

दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।

हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारेर २०७० सालदेखि देशव्यापीरूपमा विज्ञान दिवस मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।