0 COMMENTS

भदौ ३१, काठमाडाैँ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएको हो ।

संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ ।

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन् । यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ । आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।