0 COMMENTS

भदाै २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको विरोध गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पहिचानका निम्ति सङ्घर्ष गर्ने क्रममा आन्दोलनकारी जनतामाथि सरकारले गरेको प्रहरी बल प्रयोगबाट एक व्यक्तिको सहादत भएको र धेरैले कुटाइ खाई घाइतेसमेत भएको अवस्थामा पार्टीले प्रदेश नं. १ का जनताले गरेको उक्त सङ्घर्षलाई न्यायोचित ठानेको र समर्थनसमेत गरेको बताएका छन् । उनले प्रहरी ज्यादतीको घोर भत्र्सना पनि गरेका छन् ।

प्रवक्ता कञ्चनको वक्तव्यमा कथित लोकतान्त्रिक गणतन्त्रअन्तर्गत यो समस्याको हल नहुने कुरा व्यवहारतः पुष्टि भएको उल्लेख छ । वक्तव्यमा यो समस्याको हल गर्न उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको सङ्घीय जनगणतन्त्रका पक्षमा सङ्घर्षलाई अघि बढाउन आफ्नो पार्टी दृढ रहेको र न्याय तथा पहिचान पक्षधर सम्पूर्ण जनतालाई सङ्घर्ष जारी राख्न आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।