0 COMMENTS

भदाै २७, विराटनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मोरङले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङले जिल्लामा देखिएका विविध समस्याहरुलाई हल गर्नुपर्ने माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो । सोहि ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रदर्शनलाई निषेशित क्षेत्र भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपलाई चिर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङले प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का संयोजक सङ्कुल र पार्टी सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिमलले ज्ञापनपत्र हस्तातरण गर्नु भएको हो ।

उक्त ज्ञापन पत्रमा जिल्लाका कतिपय स्थानीय सरकारहरुले वर्षौदेखि बसोबास गरिरहेका भुमिहिन सुकुम्बासीहरुलाई विना विकल्प राज्यशक्तिको दुरुपयोग गरी घर टहरा भत्काउने जस्ता अमानवीय गतिविधि गरी रहेकाले यसलाई रोक्न उचित पहल गर्नु पर्ने माग राखेको छ । यस्तै बेलबारी नगरपालिका ८ मा रहेको पेट्रोल खानीलाई संचालन गर्न आवश्य पहल गर्न ,मोेरङका चुरेक्षेत्रमा विभिन्न बाहानामा भैरहेको दोहनलाई रोक्न,जिल्लामा व्याप्त लागुऔषध प्रयोगलाई रोक्न तथा नियन्त्रणका लागि अविलम्ब पहल गर्न , सरकारी कार्यालयमा हुने ढिलासुस्ती ,भ्रष्टाचार रोक्नु पर्ने लगायत माग राखेको छ । यस्तै सिमा सुरक्षा एवं सिमाबाट हुने तस्करी नियन्त्रण गर्न, दैनिक उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि तथा कालोबारी रोक्न ,लघुवित्त सहकारी तथा बैंकहरुबाट भएको आर्थिक शोषणको गम्भिर छानविन गरी काबाही गर्न, किसानलाई समयमा मल विउ तथा सिचाईको व्यवस्था मिलाउन, निजी शिक्षण संस्थाहरुले लिदैआएको चर्को शुल्क नियन्त्र गर्नु पर्ने जस्ता १६ बुदेँ माग राखेको छ ।

सो ज्ञापनपत्र पार्टीका केन्द्रिय सदस्य तथा मोरङ संयोजक बादलले बाचन गर्नु भएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादवले जिल्लाबाट पुरा गर्न सक्ने मागलाई आफैले पुरा गर्ने र पुरा गर्न नसक्ने मागलाई संबन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

ज्ञापनपत्र हस्तारण पछि भएको कोणसभालाई सम्बोधन गर्दै संयोजक सङ्कुलले प्रहरी हस्तक्षेपको चर्को विरोध गर्नु भएको थियो । उहाँले राष्ट्र विक्रि गर्नेहरुको विरुद्धमा बोल्दा प्रहरीले गरेको हस्तक्षेपको निन्दा गर्नु भयो । संयोजक सङ्कुलले क्रान्तिकारी कम्युनिष्ट पार्टीले एमसीसी सम्झौता खारेज गराएरै छोड्ने दाबी गर्दै एमसीसीका मतियार र दलाल पुँजीवादीहरुलाई लखेट्ने बताउनु भयो । 

सोहि कोणसभामा बोल्दै पार्टीका मोरङ इन्चार्ज बिमलले दलाल संसदीय व्यवस्थाको रक्षामा नलाग्न प्रहरीलाई आग्रह गर्नु भयो । उहाँले मजदुर ,किसान,सुकुम्बासी तथा उत्पीडित वर्गको प्रमुख दुस्मन दलाल संसदीय व्यवस्थाको अन्त्य भएमात्र देशको राष्ट्रियता,जनतन्त्र र जनजीवीकाको ज्ञारेण्टी हुने बताउनु भयो ।उक्त कोणसभाको संचालन मोरङ जिल्ला संयोजक बादलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।