0 COMMENTS

भदौ २१, ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज विहानै स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द चौरसियालाई भ्रष्टाचारी ठहरगर्दै कारवाही गरेको समाचार प्राप्त भएको छ । कारवाही गरिएको ललितपुरको साना गाउँमा छरिएको पर्चामा उनलाई कारवाही किन गरिएको भनेर आठवटा कारणसहीत उनको शरीर र अनुहारमा मोविल खनाइदिएको प्रत्यक्षदर्शीले भनेका छन् । टाउकाबाट मोविल खनाउदा उनी भागेर अरु थप कारवाही हुनबाट बचेको प्रत्यक्षदर्शीको भनाइरहेको छ ।

सोही ठाउमा स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द चौरसियालाई कारवाही किन ? भन्ने शिर्षक राखेर छरिएको पर्चामा त्यसका पछाडिको कारण दिइएको छ ।
पर्चामा उक्त कारवाही एउटा चेतावनीस्वरुप गरिएको सांकेतिक कारवाही मात्रै हो र चौरसिया र यस्ता अरु भ्रष्टाचारी नसच्चिए र सरकारले कारवाही नगरे थप ठूलो कारवाही गर्न बाध्य हुनेछौं भनेर समेत जोड दिइएको छ । सरकारले समयमानै यस्ता भ्रस्टाचारीलाई कारवाही गरोस नत्र चौरसियाजस्ता भ्रष्टाचारीहरु जनताको कारवाहीबाट उम्कन सक्ने छैनन ।

त्यहाँ वितरित पर्चामा भनिएका निम्न कारणहरुले यस्तो सम्भावना बलियो देखिदै छ ।

१. स्वस्थ्य सेवा विभागमा सेटिङमा हुने भ्रष्टाचारको मुख्य नाइके भएकोले ।
२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतसंगको मिलेमत्तोमा करिब ११ करोड कमिसन खाएर १९ करोडको आइरन चक्की खरिद प्रकरणका योजनाकार । उक्त आइरन बक्की म्याद सकिएको अवस्थामा स्वास्थ्य संस्थामा पुग्ने र महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेकोले ।
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार सम्बन्धी मुद्धालाई प्रभावित पार्न रकम बोकेर आयुक्त र कर्मचारीका घरघरमा पुग्ने गरेकोले ।
४. ठूलो कमिसनको सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेकोले ।
५. शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरत ।
६. काभ्रे जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना जापनिज स्वास्थ्य स्वयम् सेविकालाई यौन दुर्व्यवहार गरेर देशकै बदनाम गरेकाले
७. सिन्धुली जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना राजनीतिक कार्यकर्ताकी श्रीमतिमाथि यौन दुर्व्यवहार गरेकोले ।
८. कृषि अनुदानको दुरुपयोग गरेकोले ।
यो चेतावनीस्वरुप गरिएको सांकेतिक कारवाही मात्रै हो । चौरसिया र यस्ता अरु भ्रष्टाचारी नसच्चिए र सरकारले कारवाही नगरे थप ठूलो कारवाही गर्न बाध्य हुनेछौं ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल–जिन्दावाद !
महान् सहिद–जिन्दावाद ! भ्रष्टाचारी शासक प्रशासक–मूर्दावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।