0 COMMENTS

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै “गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार गरेको छ । गिरफ्तारी पर्ने नेताहरूमा पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश सदस्य असल मोक्तान र जिल्ला सदस्य मेजरमान थिङ रहेका छन् ।

मङ्गलबार प्रहरीले उनीहरूलाई भित्ते लेखन गरिरहेको अवस्थामा जिल्लाको २८ किलो भन्ने ठाउँबाट गिरफ्तार गरेको जिल्ला नेता प्रदिप अस्तानीले जानकारी दिए । उनका अनुसार गिरफ्तार नेताहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ ।

सोमबार मात्रै ढोगप्रसाद अधिकारी, असल मोक्तान र प्रदिप अस्तानीलाई भित्ते लेखन गरेकै आरोपमा काभ्रे प्रहरीले बनेपाबाट गिरफ्तार गरेको थियो । चौतर्फी दबाबपछि उनीहरूलाई छाडिएको थियो । आज सोही आरोपमा प्रहरीले उनीहरूलाई पुन: गिरफ्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।