0 COMMENTS

भदाै ६, काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार ‘करण’ ले पार्टी परित्याग गरेका छन् । उनले विप्लव नेकपाले संसद्‌वादी दलहरुसँग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएकोले उक्त पार्टीमा रहनुको औचित्य नभएको समेत उल्लेख गरेका छन् । साथै उनले २०८० भदाै ५ गतेदेखि मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा धुब्रीकृत भएको विज्ञप्तिसमेत सार्वजनिक गरेका छन् ।

बि.स.२०५३ सालदेखि माओवादी जनयुद्धमा सक्रिय हुँदै आएका रामप्रीत विप्लव नेकपा नवलपरासी पश्चिमको जिल्ला कमिटी सदस्य तथा पार्टीसम्बद्ध श्रमीक जनसमुदाय मोर्चाको केन्द्रीय सदस्यसमेत रहेका थिए । रामप्रीतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘पछिल्लो ऋंखला स्वरुप संसदीय व्यवस्थाका मतियारहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतसँग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएको तितो यथार्थ हामी माझ छ । वर्गीय तथा राष्ट्रिय आत्मसर्मपणवादी विचार बोकेका संसदीय व्यवस्थाका रक्षकहरूसँग गरिएको मोर्चाबन्दीले त्यहाँका क्रान्तिकारीहरूलाई संसदीय भासमा लैजाने धृष्टता भन्दा केही हुनेवाला पनि छैन ।’

उनले क्रान्तिकारी एकता र धुब्रीकरणमा लामवद्ध हुन नेकपा ‘विप्लव’ लगायतका बिभिन्न पार्टी, समूह तथा स्वतन्त्र व्यक्तित्वहरूलाई आव्हान् समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।