0 COMMENTS

भदाै ४, काठमाडौँ । बाराबाट दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । ‘दुई जना बच्चाहरुलाई उद्धार गरेर उनीहरुलाई बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पक्राउ गरिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा मातहतको बीओपी दक्षिणझिट्कैयामा नजिकै बच्चाहरु रोएको आवाज सुनेर जाँच गर्दा बच्चा फेला पारिएको सशस्त्र प्रहरीका एसपी टोपबहादुर डाँगीले जानकारी दिए । एसपी डाँगीका अनुसार उद्धार गरिएका बालबालिका अभिभावकलाई जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।