0 COMMENTS

भदाै ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकरात्मक भएको बताएका छन् । आईतबार आफैँले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले छलफल सकरात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आजको बैठकमा ठोस सहमति नभएको र भोलिको बैठकमा समझादारी बन्ने उनको दाबी छ । उनले भने, ‘बैठकमा छलफल सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरुको बीचमा राम्रो भएको छ । प्रमुख प्रतिपक्ष दलको नेता अस्वस्थ भएकोले आउँनुभएन भोली फेरी बसेर समझदारी बनाउँने भन्ने भएको छ । छलफल सकारात्मक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।