0 COMMENTS

साउन ३०, काठमाडाैँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो । स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो ।

८८ औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन् । तर स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो । ८९ औं ओलगा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको हो । त्यसपछि थप गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको हो । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्ड मध्ये एकसँग फाइनल खेल्ने छ ।

यस्तै, श्रीलङ्काका स्टार अलराउन्डर वानिन्दु हसरङ्गाले २६ वर्षकाे उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन् । सीमित ओभरकाे क्रिकेट (एकदिवसीय र टी-२०) लाई प्राथमिकता दिने बताउँदै हसरङ्गाले टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरे । श्रीलङ्का क्रिकेट बोर्डले हसरङ्गाको सन्न्यास लिने निर्णय स्वीकार गरेको छ । हसरङ्गा वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट लेग स्पिनर तथा अलराउन्डर हुन् ।

सन् २०२० मा दक्षिण अफ्रिकासँगकाे खेलमा टेस्टमा डेब्यु गरेका उनले ४ वटा टेस्ट खेल्दा १ सय ९६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् । यस्तै हसरङ्गाले ४८ एकदिवसीयमा ४ वटा अर्धशतकसहित ८ सय ३२ रन बनाउँदा ६७ विकेट लिएका छन् । उनले ५८ टी-२० मा ५ सय ३३ रन बनाउँदा ९१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।