0 COMMENTS

साउन २१, काठमाडौँ । महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ । असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो ।

खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने महानगरले जनाएको छ । सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए । खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।