0 COMMENTS

साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।