0 COMMENTS

साउन ११, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अबको लडाइँ डाटा सुरक्षा भएको बताइएकी छन् । उनले साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको र छिट्टै जारी हुनेसमेत जानकारी दिइन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले भनिन्, ‘सरकारी सेवामा अबका युवाहरुलाई, अबका दक्ष म्यानपावरलाई आकर्षित गर्नुपर्छ । त्यसो भएर हामीले अहिले संघीय निजामती सेवा ऐनमा यो आईटी समूहलाई अलग समूह बनाएर अगाडि बढाउने कोसिस गर्दैछौं ।’ सरकारी सेवामा दक्ष म्यानपावरलाई आकर्षित गर्नुपर्ने बताएकी छन् । उनले सूचना प्रविधि (आईटी) समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोसिस भइरहेको जानकारी समेत दिइन् ।

सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई अहिलेको परम्परागत ढंगको निजामती सेवाभित्र बाँधेर राख्न नहुने भनेर हाइब्रिड मोडेलको वर्क आउट गरिरहेको जानकारी उनले दिइन् ।

परम्परागत ढंगको निजामती सेवा र त्यसभित्र आउने कर्मचारीको सेवा, सुविधा सर्तान आईटी क्षेत्रमा काम गर्नेहरुलाई बाँधिराख्न जरुरी नभएको समेत मन्त्री शर्माले बताइन् । उनले प्रविधिको क्षेत्रका निम्ति एउटा हाइब्रिड मोडेल, सरकारी सेवामा आउने तर सेवा सुविधामा अर्को फरक ढंगले सोच्ने भनेर आफूहरुले वर्कआउट गरिरहेको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।