0 COMMENTS

साउन ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरु भारत भ्रमणको क्रममा दिल्लीमा पुुगेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरु दिल्ली पुगेका हुन् ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी प्रतिनिधि मण्डल दिल्लीको भ्रमणमा गएको थियो । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले माओावदी नेताहरूलाई दिल्लीमा स्वागत गरेका थिए ।

दुई पार्टीबीचको सम्बन्ध सुधारका लागि विजेपीले माओवादी केन्द्रलाई भ्रमणमा बोलाएको बताइएको छ । आजै भाजपाका अध्यक्ष नाड्डा र माओवादी नेताहरुबीच भेटवार्ता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।